जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल 

<p>काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चार्टर्ड अकाउन्टेन्ट रहेका अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो । लघुवित्त संस्थामा लघुवित्तको सञ्चालक समितिमा भएको व्यक्ति नै अध्ययक्ष हुँदै आएका छन् । अर्याल पहिलोपटक पब्लिक निर्देशकबाट अध्यक्ष बनेका छन् [&hellip;]</p>

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चार्टर्ड अकाउन्टेन्ट रहेका अर्याललाई फागुन २ गते बसेको संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो ।

लघुवित्त संस्थामा लघुवित्तको सञ्चालक समितिमा भएको व्यक्ति नै अध्ययक्ष हुँदै आएका छन् । अर्याल पहिलोपटक पब्लिक निर्देशकबाट अध्यक्ष बनेका छन् ।

अर्यालले नेपाल राष्ट्र बैकबाट शुक्रबार सपथ लिनेछन् । साढे २ वर्षअघि अर्याल जाल्पा सामुदायिक लघुवित्तमा प्रवेश गरेका थिए । अर्याल जाल्पा र किसान लघुवित्तको मर्जर कमिटीको संयोजक पनि रहेका छन् ।

संस्थाका अध्यक्ष विरबहादुर अधिकारीले राजीनामा दिएसँगै बैठकले अर्याललाई अध्यक्ष नियुक्त गरेको जनाएको छ । जाल्पा लघुवित्तलाई विषम् परिस्थितिमा अर्यालले गरेको कामको सम्मान गर्दै अध्यक्ष चुनेको संस्थाले उल्लेख गरेको छ ।

Share News