निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

<p>काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस [&hellip;]</p>

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधबार सूचना जारी गर्दै सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले आयोगको अनलाइन प्रणालीमार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको सूचनामा उल्लेख छ ।

Share News