बाराही हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

<p>काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । हाइड्रोपावरको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित [&hellip;]</p>

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । हाइड्रोपावरको सञ्चालक समितिले मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

हाइड्रोपावरले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई ल्याउने प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीपत्रमा दुवै कम्पनीले हस्ताक्षर गरेका छन् ।

Share News