खोटाङ, ६ पुस । यहाँका दुई युवाको सक्रियतामा दिक्तेलमा साबुन उद्योग सञ्चालनमा आएको छ ।
दिक्तेल नगरपालिका– ९ का सुरेश कार्की र नरेन्द्र कार्कीको संयुक्त पहलमा हलेसी साबुन उद्योग सञ्चालन गरिएको छ । काठमाडौंबाट कच्चा पदार्थ ल्याई सो साबुन उद्योग सञ्चालन गरिएको हो ।
उद्योगका सञ्चालक सुरेश कार्कीका अनुसार सात लाख रुपैयाँको लागतमा डल्लो र आयतकार साबुन उत्पादन भइरहेको छ । तीनवटा साबुन राखिएको एक किलो बराबरको एउटा प्याकेटको मूल्य ९० रुपैयाँ तोकिएको छ । रासस