काठमाडौं । लोमस फर्मास्युटिकल्सका निर्देशक प्रणव जंग पाण्डे सशस्त्र प्रहरीबाट सम्मानित भएका छन् । २३औं स्थापना दिवसको अवसरमा पाण्डेलाई सम्मान गरिएको हो ।
सशस्त्र प्रहरीले सम्पादन गर्ने जिम्मेवारीहरू पूरा गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको भन्दै उनलाई सशस्त्र प्रहरी बलले २३औं स्थापना दिवसको अवसरमा सम्मान गरेको हो ।
लोमस फार्मास्युटिकल्स निर्देशक पाण्डे शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवामा क्रियाशील छन् ।