
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको परीक्षा चैत १५ गते सुरु भई चैत २७ गते सकिने जनाएको हो ।
कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रजी, १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने छ ।
[pdf id=459526]