दाइजो सम्धीलाई फिर्ता, दाइजो स्वरुप केटापक्षले लिएको रकम फिर्ताले सकारात्मक सन्देश

<p>काठमाडौं ६, पुस । काठमाडौँ – रौतहटमा छोराको विवाह गर्दा लिएको दाइजो रकम केटापक्षले छोरीका बाबुलाई फिर्ता गर्न थालेको छ । कटहरिया गाविसका २१ वर्षीय सद्दाम मनसुर र संखुवा धमौरा गाविसकी १९ वर्षीया हास्मुन खातुनको विवाहमा दाइजो स्वरुप केटापक्षले लिएको रकम फिर्ता गरेका हुन् । एक वर्षअघि छोराको विवाह गर्न कुरा छिन्दा कटहरिया मो। इम्रानले [&hellip;]</p>

काठमाडौं ६, पुस । काठमाडौँ – रौतहटमा छोराको विवाह गर्दा लिएको दाइजो रकम केटापक्षले छोरीका बाबुलाई फिर्ता गर्न थालेको छ ।

कटहरिया गाविसका २१ वर्षीय सद्दाम मनसुर र संखुवा धमौरा गाविसकी १९ वर्षीया हास्मुन खातुनको विवाहमा दाइजो स्वरुप केटापक्षले लिएको रकम फिर्ता गरेका हुन् ।marriage-1

एक वर्षअघि छोराको विवाह गर्न कुरा छिन्दा कटहरिया मो। इम्रानले छोरीका बाबुसँग लिएको ५० हजार रुपैयाँ गत बिहीबार विवाहको दिन केटीका बाबु मुकन्दरलाई फिर्ता गरेका हुन् ।

रोतहटको सखुवा धमौरा गाविस ५ स्थित मुस्लिम टोलमा छोराछोरीको विवाहको कुरा छिन्दा लेनदेन गरेको दाइजो रकम फिर्ता हुन थालेको हो ।

इम्रान बाहेक अन्य दुई परिवारले पनि दाइजो रकम फिर्ता गरेका छन् । दाइजो लिनेदिने काम राम्रो नभएको र यसले समाजमा नराम्रो असर पर्ने बुझेपछि रकम फिर्ता गरेको इम्रानले बताए । अन्नपूर्ण पोस्टबाट ।

Share News