दुई जना प्रहरीमाथि चक्कु प्रहार, उमेश फरार

<p>दार्चुला । दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार भएकाे छ ।  जिल्लाको महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुवरले आइतबार डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। उमेशकी [&hellip;]</p>

दार्चुला । दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार भएकाे छ ।  जिल्लाको महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुवरले आइतबार डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए।

उमेशकी श्रीमती धनिशाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा निवदेन दिएकी थिइन् । सोही उजुरीको विषयमा उनलाई पक्राउ गर्न गएका प्रहरीलाई उनले चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

Share News