काठमाडौं, ५ पुस । नेपालले अन्यमुलुकसँगको व्यापारमा सधै घाटामा मात्र व्यहोरेको समाचारहरु बाहिर आइरहेको छ । तर नेपालले केही मूलकसँगको वैदेशिक व्यापारमा भने नाफा कमाएको छ । नेपालले १९२ वटा मूलुकसँग व्यापार गर्ने गरको छ त्यसमध्ये ४८ वटा मूलुकसँगको व्यापार नाफामा गएको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले जनाएको छ । 
गत आर्थिक वर्षमा ७ खर्व १० अर्व रुपैयाँ बराबरको व्यापार घाटा नेपालले व्यहोरेको छ । तर विभिन्न मुलुकहरु सँगको व्यापारमा भने नेपालले कहिल्यै पनि घाटा व्यहोर्नु नपरेको केन्द्रले जनाएको छ ।
नेपालसँग टोकेलाउ नामक देशको व्यापार भने सवैभन्दा धेरै नाफामा रहेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्दा सो देशसँग नेपालको व्यापार एक अर्व १० करोड रुपैयाँले नाफामा रहेको छ । गत आर्थिक वर्षमा नेपालसँग बेलायको व्यापार ६४ करोड १० लाख रुपैयाँ नाफामा रहेको छ भने अमेरिकासँगको व्यापार ६३ करोड ७६ लाख रुपैयाँ नाफामा रहेको छ ।
त्यस्तै नर्वेसँग ११ करोड ९८ लाख, अफगानिस्तानसँग १७ करोड ७६ लाख, इरान २ करोड १६ लाख, अमेरिकल सामोवा एक करोड २६ लाख रुपैयाँ व्यापार नाफामा रहेको छ । भेनेजुयला एक करोड १४ लाख, स्लोभेनिया एक करोड १० लाख, न्युकेलेडोनिया ७७ लाख, आइसल्याण्ड ५४ लाख, माली ५३ लाख, मोनाको ४४ लाख, पोर्चुगल ३७ लाख, स्टोनिया २३ लाख, नाइजेरिया १८ लाख, इष्ट टिमोर १६ लाख रुपैयाँ व्यापार नाफामा रहेको छ ।
त्यस्तै बहमास, पानामा, रुवान्डा, मोरिटियुस, जमैका, ताजकिस्तान, गौडेलोप, सुडान, लिथुआनीया, मंगोलिया, लाओस, युगान्डा, कंगो, लिविया, सिरिया, माल्दिभ्स, अल्जेरिया, उव्जेकिस्तान लगायतका देशहरुसँगको व्यापार भने सधै नाफामा रहेको छ ।
ती स्थानहरुमा हस्तकलाका समाग्री, कपासाबाट बनेका सागम्री लगायतका सामानहरु निर्यात हुने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ति देशहरुसँगको व्यापारमा बृद्धि गर्न सकेको खण्डमा र भारतबाट आयात घटाउन सकेमा व्यापार घाटा कम हुदै जाने छ । हाल नेपालमा प्रत्येक वर्ष व्यापार घाटा चुलिदै छ भने गत बर्ष व्यापारघाटा नेपालको कुल बजेट सरह हुन पुगेको थियो ।
नेपाल र अन्य मूलकको व्यापार सधै घाटामा रहेको समाचारहरु बाहिर आएपनि केही त्यस्ता मुलुकहरुको व्यापार सधै घाटामा रहेपनि केही यस्ता मूलुक छन् जुन नेपालसँगको व्यापार सधै नाफामा गएका छन् ।