सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सम्पन्न

<p>काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले गत पुस २७ गते शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरेको हो । कार्यक्रममा सपना देख्ने र सपना पुरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा [&hellip;]</p>

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले गत पुस २७ गते शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरेको हो ।

कार्यक्रममा सपना देख्ने र सपना पुरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भएका थिए । उपस्थित दर्शकसँग उनीहरूले आ–आफ्नो अनुभव र बुझाइ बाँडेका थिए ।

उक्त कार्यक्रममा नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार ऋषि धमला लगायतका अन्य वक्ताहरुले आ-आफ्नो विचार राखेका थिए ।

प्रविधि र नवप्रवर्तनको बारेमा छलफल जारी राख्न भविष्यमा पनि सफ्टवेरिका कलेजले यस्ता कार्यक्रमहरू अवश्य आयोजना गर्ने छ । सफ्टवेरिका कलेज यस्ता ज्ञान आदानप्रदान र सशक्तीकरणका लागि मञ्चहरू तयार गर्न प्रतिबद्ध छ । किनकी यस्ता कुराले समुदायको वृद्धि र विकास गर्न योगदान पुर्याउँछ ।

Share News