अल्फाबिटाले माघ १२ गते ‘इन्टरनेसनल एडमिसन डे’ मनाउने

<p>काठमाडौं । अल्फाबिटाले माघ १२ गते &#8216;इन्टरनेसनल एडमिसन डे&#8217; मनाउने भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित पूरानो र प्रतिष्ठित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले जनवरी २६ (माघ १२) मा अन्तर्राष्ट्रिय भर्ना दिवस (इन्टरनेसनल एडमिसन डे) मनाउने भएको छ । अल्फाबिटाका अनुसार उक्त दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यक्रम सञ्चालन हुने छ । अल्फाबिटाकै भवनमा [&hellip;]</p>

काठमाडौं । अल्फाबिटाले माघ १२ गते ‘इन्टरनेसनल एडमिसन डे’ मनाउने भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित पूरानो र प्रतिष्ठित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले जनवरी २६ (माघ १२) मा अन्तर्राष्ट्रिय भर्ना दिवस (इन्टरनेसनल एडमिसन डे) मनाउने भएको छ ।

अल्फाबिटाका अनुसार उक्त दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यक्रम सञ्चालन हुने छ । अल्फाबिटाकै भवनमा आयोजना हुने भर्ना दिवसको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न अवसर र जानकारीहरु प्राप्त गर्नेछन् । कम्पनीका प्रतिनिधिहरुले विद्यार्थीहरुले यो कार्यक्रमबाट अविश्मरणीय अनुभवहरु बटुल्न सक्नेछन् ।

यसअघि पनि पोखरामा आयोजित कार्यक्रमममा दुई सयभन्दा धेरै विद्यार्थीहरुले विभिन्न विज्ञहरुको सुझाव संकलन गर्दै लाभान्वित हुने मौका पाएको बताउँदै अल्फाबिटाले भर्ना दिवसको आउँदो कार्यक्रममा २० भन्दा धेरै विदेशी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने, उनीहरुसँग विद्यार्थीले साक्षातकार गरी आवश्यक सबै जानकारी लिनसक्ने, छात्रवृत्ति प्राप्त गर्नसक्ने जानकारी दिएको छ । कार्यक्रममा सहभागी हुन विद्यार्थीले कुनै शुल्क बुझाउनु पर्दैन् ।

Share News