अधिकांश सेवा अनलाइनबाट दिँदै त्रिवि, विद्यार्थीलाई सहज हुने

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत अधिकांश सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । यससँगै अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत अधिकांश सेवा अनलाइनबाटै दिने भएको छ ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

यससँगै अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अनलाइनबाटै लिन सक्नेछन् ।

साथै, यसबारे विस्तृत जानकारी माघ १० गते वेवसाइटमार्फत जानकारी गराइने समेत बताइएको छ ।

Share News