काठमाडौं ४, पुस । नेपाल टेलिकमले पुस १७ गते देखि पोखरा र काठमाडौँमा फोर जी मोबाइल सेवा दिने भएको छ ।टेलिकम पोखराका प्रमुख नरेशकाजी शाक्यका अनुसार पोखारामा फोर जी सेवा विस्तार गर्न हार्डवेयर र सफ्टवेयर थप्ने प्राविधिकहरु आइसकेका छन् ।
‘पुस १७ देखि परीक्षणको रुपमा पोखरा र काठमाडौँमा फोर जी सेवा सुरु गर्दैछौँ,’ शाक्यले भने । उनका अनुसार प्राविधिकले बिटिएस टावरमा प्रविधि थप्नेछन् ।उनका अनुार काठमाडौँका बिटिएस टावरमा आवश्यक प्रविधि जडान भइसकेको छ ।
पहिलो चरणमा पोखरामा २५ हजार तथा काठमाडौँका ३ लाख ७५ हजारले फोर जी सेवा पाउन सक्नेछन् । नेपालमा ४ लाख जनासँग फोरजी सेवा लिन सक्ने मोवाइल रहेको टेलिकमले जनाएको छ । नागरिक दैनिकबाट ।