काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय गोरखाले गोरखा दरबार सरसफाई अभियानको विशेष अवसरमा डस्टबिन हस्तान्तरण गरेको छ । संस्थाले गोरखा जिल्लाको गोरखा नगरपालिका स्थित गोरखा दरबार परिसरमा विशेष सरसफाईको अवसरमा १४ थान डस्टबिन हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा संस्थाको संचालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाले गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरलाई उक्त डस्टबिन गरेका हुन् ।
कार्यक्रममा गोरखा दरबारका कर्मचारी, सुरक्षा निकायका प्रमुख, गोरखा नगरपालिका वडा नं ६ को वडाध्यक्ष, वित्तीय संस्थाको कर्मचारीहरु, बुद्धिजिवीहरु, स्थानिय व्यक्तिहरु गरि लगभग ७० जनाको उपस्थिति थियो ।
संस्थाले गोरखा जिल्ला सहित देशको विभिन्न प्रदेश गरि ३१ वटा जिल्लाहरुमा ९३ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थाले वित्तीय सेवा मात्र नभई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दे आएकोमा यो डस्टबीन हस्तान्तरण कार्यक्रम पनि एक रहेको छ ।
संस्थाले आफ्नो क्षमताले भ्याएसम्मको सहयोग तथा कार्यक्रम जारी राखेको छ । यसैगरि अध्यक्ष थापाले गोरखा दरबार सरसफाइको अवसरमा डस्टविन हस्तान्तरण कार्यक्रमको अवसर प्रदान गरिदिएकोमा गोरखा नगरपालिका,गोरखा दरबार तथा स्थानियबासीहरुलाई धन्यवाद दिए ।
यसैगरी, कार्यक्रमको अन्तिममा गोरखा नगरपालिकाको मेयर कृष्ण बहादुर राना मगरले यस विशेष सरसफाई अभियानमा साधना लघुवित्त वित्तीय संस्थाले सहयोग स्वरुप उपलब्ध गराएका डस्टविनले दरबार परिसरमा सरसफाइको लागि सहयोग पुग्ने बताएका छन् ।