कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा बिजय स्थापित नियुक्त
<p>काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार स्थापितलाई उक्त पदमा चार वर्षको लागि नियुक्त गरेको हो ।</p>