काठमाडौं । नेपालका अदालतहरूमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेको तथ्याङ्क सर्वाजनिक भएको छ । सर्वाेच्च अदालतले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेका छन् ।
सर्वाेच्च अदालतको तथ्याङ्क अनुसार आर्थिक वार्षिक प्रतिवेदन २०७८/७९को असारसम्म देशभरिका जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३७ हजार ४३४ वटा मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका हुन् । जसमध्ये २७ हजार ७८ वटा मुद्दा फछ्र्याैंट भएका छन् भने १० हजार ३५६ वटा मुद्दा बाँकी रहेका छन् ।
जिल्ला अदालतहरूमा ३६ हजार ४७२ मुद्दा, उच्च अदालतमा ९०८ वटा मुद्दा र सर्वाेच्च अदालतमा ५४ वटा मुद्दा लगत भएका हुन् ।
यस्तै, अंशबन्डाका ३५ हजार ६९९ मुद्दा दर्ता भएका छन् भने विवाहसम्बन्धी १ हजार १४५ वटा मुद्दा दर्ता भएका छन् ।