काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले अष्ट्रेलियाको मेलवर्नमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपालमा काठमाडौंको थापाथलीमा मूख्य कार्यालय रहेको यस सर्भिसेसको यो पाँचौं शाखा हो ।
नयाँ शाखाको उद्घाटन गर्दै सर्भिसेसका सीईओ तथा डिरेक्टर निशान्त शर्माले मेलवर्नमा प्रतिमहिना ८ हजार जना सर्भिर्सेसको सेवा लिन इच्छुक रहेका बताएका छन् ।
‘आफूहरुले मेलर्वनमा सेवाग्राहीहरुका सबै समस्याको समाधान र सेवा प्रदान गर्न यो शाखा सञ्चालनमा ल्याएको उनको भनाई छ । पाँचौ शाखा मेलवर्नको प्रतिष्ठित व्यवसायिक मल एक्सचेन्ज टावरमा छ, जुन शैक्षिक हवको रुपमा प्रसिद्ध छ,’ उनले भने ।
प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो । यसले आफ्नो स्थापनाकालदेखि नै निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ । कम्पनीले सन् २०२२/२३ मा शीर्ष-३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड-२०२२ को विजेता र लोकल विजनेस अवार्ड-२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ ।