अब भक्तपुरवाट पनि सवारीको लाइसेन्स पाइने, पुष ३ गतेवाट काम सुरु हुने

<p>काठमाडौं, २९ मंसिर। यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीबाट पनि सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यहाँबाट यहि पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्न लागिएको विभागले जनाएको छ ।   कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३ गतेबाट काम गुरु गर्न लागिएको विभागका प्रवक्ता [&hellip;]</p>

काठमाडौं, २९ मंसिर। यातायात व्यवस्था विभागले भक्तपुरको सल्लाघारीबाट पनि सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । त्यहाँबाट यहि पुुस ३ गतदेखि सवारी चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण काम गर्ने गरी कार्यालय खोल्न लागिएको विभागले जनाएको छ ।

 Image result for license nepal

कार्यालय स्थापनाका लागि घरभाडा सम्झौता गरी पुस ३ गतेबाट काम गुरु गर्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए। विभागले चाबहिल र कलङ्कीमा भने केही समयपछि मात्र कार्यालय सुरु गर्ने उनको भनाई छ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकाका अरु तीन ठाउँमा पनि कार्यालय खोलेर सवारी चालक अनुमति पत्र वितरणको काम व्यवस्थित बनाउन निर्देशन दिएका थिए । लाइसेन्सको काम एकान्तकुनाबाट मात्रै हुने भएकाले नयाँ लाइसेन्स बनाउनका लागि सेवाग्राही अघिल्लो दिन देखि नै लाइन लाग्नुपर्ने अवस्था छ ।

Share News