लोक सेवा आयोगले माग्यो २७३ कर्मचारी

<p>काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयका लागि राजपत्रांकित तृतीय श्रेणी पदमा २७३ कर्मचारी मागेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवामा कर्मचारी मागेको हो । आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको [&hellip;]</p>

काठमाडौं । लोक सेवा आयोगले विभिन्न कार्यालयका लागि राजपत्रांकित तृतीय श्रेणी पदमा २७३ कर्मचारी मागेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवामा कर्मचारी मागेको हो ।

आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो । आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो ।

इच्छुक योग्यता पुगेका व्यक्तिहरूले पुस १७ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

Share News