नेपाली सेनामा ८८ जनालाई आकर्षक रोजगारीको अवसर

<p>काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाली सेनामा प्राविधिक अधिकृत पदका लागि नयाँ भर्ना खुला गरेको छ । नेपाली सेनाले प्राड, प्राविधिक र लेखा सेवातर्फका उपसेनानी पदमा खुला तथा समावेशी प्रतियोगिताबाट कुल ८८ जना नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, [&hellip;]</p>

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाली सेनामा प्राविधिक अधिकृत पदका लागि नयाँ भर्ना खुला गरेको छ ।

नेपाली सेनाले प्राड, प्राविधिक र लेखा सेवातर्फका उपसेनानी पदमा खुला तथा समावेशी प्रतियोगिताबाट कुल ८८ जना नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल इन्जिनियर, अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा दरखास्त आह्वान गरिएको छ।

यसैगरी समाचार सम्पादक/वाचक, फोटोग्राफर, अर्केस्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा पनि नयाँ भर्ना खोलिएको छ। देशभरका विभिन्न स्थानमा रहेका नेपाली सेनाको कार्यालयबाट रोजगारीका लागि आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ ।

इच्छुक नागरिकले पुस २१ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् । दोब्बर दस्तुर तिरी पुस प२८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

Share News