काठमाडौं, २८ मंसिर । सिटिभी मोबाइल ग्रुपअन्तर्गत संचालनमा आएको एप्पल वल्र्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सवको दिन मोबाइल किन्दा मेगा डिस्काउन्ट दिने भएको छ । दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलको बार्षिकोत्सव मंसिर २९ गते बुधबार मोबाइल खरिद गर्ने ग्राहकहरुलाई हरेक मोबाइल तथा एशोसरिजको खरिदमा मेगा डिस्काउन्ट दिने ब्यबस्था मिलाइएको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

बार्षिकोत्सवकै दिन पारेर सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वल्र्ड भिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वल्र्डले संयुक्त रुपमा दशैं तिहार बम्पर उपहारको लक्की ड्रको घोषणा पनि गर्ने भएको छ । बार्षिकोत्सवकै अबसर पारी अंग्रेजी नयाँबर्ष सम्मका लागि नयाँ योजना सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्देशक संगम राइले जानकारी दिए । एप्पल वल्र्डमा यस अघि देखि गरिदै आएको एक्सचेन्ज धमाका पनि चलिरहेको छ भने बिश्व बजारमा उपलब्ध सबै ब्राण्डका मोबाइल सेटको कारोबार एकै स्थानबाट गरिरहेको छ ।