वासिङ्टन। अमेरिकामा रहेका नेपालीले शुरु गरेको कम्पनी सगुनले सामाजिक सञ्जालकै इतिहासमा पहिलोपटक मिनी आइपिओमार्फत लगानी जुटाउने भएको छ । मिनी आइपिओमार्फत लगानी जुटाउने सगुन नेपालीहरुले शुरु गरेको पहिलो मात्र नभइ सामाजिक सञ्जालका रुपमा पहिलो ग्लोवल कम्पनी पनि हुने भएको हो।

सामाजिक सञ्जालकै क्षेत्रमा सगुन ‘ रेगुलेसन ए प्लस ‘ मार्फत लगानीको अवसर दिने बिश्वकै पहिलो कम्पनी हुने तयारीमा छ । अमेरिकी स्टक एक्सचेन्जले करिव डेढ महिना भित्र सगुनलाई मिनी आइपिओ मार्फत लगानी जुटाउने स्विकृती दिन सक्ने बताइएको छ।
यसका लागि सगुनले आफ्ना तर्फबाट सबै प्रक्रिया पुरा गरि अमेरिकी स्टक एक्सचेन्जमा आवदेन गरिसकेको छ। अमेरिकी नयाँ कानुन अनुसार प्राइभेट कम्पनीमा पनि सर्वसाधारणले लगानी गर्न पाउने भएपछि स्टार्टअप कम्पनीको रुपमा स्थापना भएको सगुनले सर्वसाधारणबाट लगानी जुटाउने अन्तिम तयारीमा जुटेको हो ।
मिनी आइपिओमा २ अर्व जुटाउँदै
यस चरणमा भने सगुनले २ करोड डलर अर्थात करिव २ अर्व भन्दा वढी रकमको मिनी आइपिओ जारी गर्न लागेको हो । यो योजनामा बिश्वभर रहेका सर्वसाधारण लगानीकर्ताबाट सगुनमा लगानी गर्न चाहनेले प्रति शेयर २३ डलरका दरले कम्तिमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । करीब ३० हजार नेपाली रुपैयाँ लगानी गरेर अमेरिकी स्टार्ट अप कम्पनीको शेयर होल्डर बन्ने अवसर पाउने भएपछि यसप्रतिको चासो सर्वसाधारण लगानीकर्ताहरुमाझ बढेको छ ।
त्यसभन्दा बढी आफ्नो क्षमता अनुसार जति पनि लगानी गर्न सकिने बताइएको छ । मिनि आइपीओ जारी गर्दा सगुनले ८ लाख ७० हजार कित्ता शेयर जारी गर्नेछ । जुन कुल शेयरको २१ प्रतिशत हो । विदेशमा बस्ने नेपालीहरुको लागि सगुन जस्ता कम्पनीमा लगानीको अवसर महत्वपूर्ण हुने बताइएको छ । दामासाहीमा नभइ अगाडी आवदेन गर्नेले मागेजति शेयर पाउने भएको कारण शुरुमै शेयर खरिद गर्नुपर्ने अमेरिकी पूँजी वजारका जानकारहरु बताउँछन् ।