चीन (बेइजिङ): चीनमा केही संख्याका आईफोनमा आगो लाग्नुका पछाडि बाह्य कारण भएको दाबी एप्पलले गरेको छ । ८ जना प्रयोगकर्ताले आईफोन सिक्सका ह्यान्डसेटहरू पड्केको उजुरी सांघाईको उपभोक्ता वाचडगमा दर्ता गराएका थिए ।

एप्पलले परीक्षण सञ्चालन गरेको र यी उत्पादनमा चिन्ता लिनुपर्ने कारण नभएको जनाएको छ । एप्पलले आईफोनमा बाह्य भौतिक क्षति भएको जनाएको छ ।
वाचडगले एक महिलाले उनको आईफोन सिक्स प्लस अगस्टमा पड्केको उजुरी दर्ता गराएको जनाएको छ । नियामक निकायले आईफोनमा धूवाँ निस्केको तर आगो पनि देखिएको बारेमा कुनै निश्चित नभएको जनाएको छ ।
राज्य स्वामित्वको सांघाई कन्जुमर काउन्सिलले भनेजस्तै उपभोक्ताको उजुरीको सुनुवाइमा आफूले ढिलासुस्ती गरेको एप्पलले अस्वीकार गरेको छ ।