काठमाडौंमा आयोजित दुई दिने टाटा टिपर मेला सम्पन्न, गाडी खरिदकर्तालाई फाइनान्स र बीमाको सुविधा

<p>काठमाडौं, २७ मंसिर । टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा टिपर मेला सम्पन्न गरेको छ । कम्पनीले यही मंसिर २४ र २५ गते आफ्नो प्रधान कार्यालय नैकापमा उक्त मेला सम्पन्न गरेको हो । उक्त मेलामा ४५० भन्दा बढी अवलोकनकर्ताहरुले टाटा टिपरहरुको बारेमा सम्पूर्ण जानकारीहरु लिनुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुमा समेत [&hellip;]</p>

काठमाडौं, २७ मंसिर । टाटा मोटर्स्को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटा टिपर मेला सम्पन्न गरेको छ । कम्पनीले यही मंसिर २४ र २५ गते आफ्नो प्रधान कार्यालय नैकापमा उक्त मेला सम्पन्न गरेको हो । उक्त मेलामा ४५० भन्दा बढी अवलोकनकर्ताहरुले टाटा टिपरहरुको बारेमा सम्पूर्ण जानकारीहरु लिनुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुमा समेत सहभागी भएका कम्पनीले जनाएको छ ।

tipper_mela

आयोजक सिप्रदी ट्रेडिङ्गका अनुसार सो टिपर मेलामा उल्लेख्य संख्यामा क्रेता र विक्रेताहरुको सहभागिता रहेको थिए । बिहान ९ बजे देखि साँझ ५ बजे सम्म संचालन गरिएको सो टिपर मेलामा दर्शकहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जानकारी गराएका छन् ।

कम्पनीका अनुसार कार्यक्रममा एउटै छानामुनि पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने साथै नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमाको सुविधा समेत प्रदान गरिएको थियो ।

Share News