तीन बर्षपछि काठमाडौं–केरुङ डबल लेनको पीच सडकमा सरर, जोमसोम–कोरलामा पनि

<p>काठमाडौं, २७ मंसिर । आगामी तीन बर्षपछि काठमाडौंदेखि चीनको केरुङसम्म डबल लेनको सडकमा सरर यात्रा गर्दै जान सकिने भएको छ । सडक विभाग, नेपाली सेना र चीन सरकारको संयुक्त प्रयासमा आगामी तीन बर्षभित्रै डबल लेनको कालोपत्रे सडक सञ्जालले काठमाडौं–केरुङलाई जोड्न लागेको हो । त्यसका लागि सडक विभागले धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्मको ४६ किलोमिटर सडकलाई डबल [&hellip;]</p>

double-2काठमाडौं, २७ मंसिर । आगामी तीन बर्षपछि काठमाडौंदेखि चीनको केरुङसम्म डबल लेनको सडकमा सरर यात्रा गर्दै जान सकिने भएको छ । सडक विभाग, नेपाली सेना र चीन सरकारको संयुक्त प्रयासमा आगामी तीन बर्षभित्रै डबल लेनको कालोपत्रे सडक सञ्जालले काठमाडौं–केरुङलाई जोड्न लागेको हो ।

त्यसका लागि सडक विभागले धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्मको ४६ किलोमिटर सडकलाई डबल लेनमा स्तरोन्नति गर्दै कालोपत्रे बनाउन ठेक्का लगाइसकेको छ । ३ अर्ब लागतमा गत असोजमै ३ वटा कम्पनीले ठेक्का लिएर काम अघि बढाइसकेको सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीले बताए ।

मैलुङदेखि स्याफ्रुबेसीसम्मको १३ किलोमिटर सडकमा नेपाली सेनाले ट्रयाक खोल्ने तथा डबल लेनमा स्तरोन्नतिको काम गरिरहेको छ । स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चिन सरकारले शतप्रतिशत अनुदानमा बनाइदिने भनेको छ ।

सडक विभागले गल्छीदेखि मैलुङसम्मको ४६ किलोमिटर सडक दुई बर्षभित्रै डबल लेनको कालोपत्रे बनाइसक्ने छ । नेपाली सेनाले मैलुङ–स्याफ्रुबेसी खण्डको १३ किलोमिटर क्षेत्रलाई एक बर्षभित्रै ट्रयाक खोलेर डबल लेनको बनाइदिने प्रतिवद्धता व्यक्त गरेको महानिर्देशक कार्कीले बताए । सेनाले काम सम्पन्न गरेको डेढ बर्षभित्रै सो खण्डलाई पनि कालोपत्रे गरिसक्ने योजनासहित काम अघि बढाईरहेको उनले जानकारी दिए ।

स्याफ्रुबेसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक भने चीन सरकारले निर्माण गरिदिनेछ । यसरी बढिमा आगामी तीन बर्षभित्रैमा काठमाडौंबाट चीनको केरुङ शहरसम्म डबल लेनको पिच सडकमा सरर गुडेर पुग्न सकिनेछ । चीनले रसुवागढी नाकादेखि केरुङसम्मको २५ किलोमिटर खण्डमा अहिले नै डबल लेनको कालोपत्रे सडक निर्माण सम्पन्न गरेर सञ्चालन गरिरहेको छ । चीनले तातोेपानी नाकाको विकल्पका रुपमा अघि सारेको रसुवागढी नाकासम्म डबल लेनको कालोपत्रे सडक सञ्जाल जोडिएपछि नेपाल र चीनको व्यापारमा नयाँ आयाम थपिनेछ ।

rasuwagadi-vansar-getतीन बर्षभित्रै कोरलामा पनि डबल लेनको सडक
सडक विभागका उप महानिर्देश गोपाल सिग्देलका अनुसार विभागले पोखरादेखि जोमसोम हुँदै कोरला नाकासम्म पुग्ने सडक पनि डबल लेन बनाउने काम अघि बढाएको छ । जोमसोमदेखि कोरला नाकासम्मको १०६ किलोमिटर सडकलाई डबल लेनको ग्राभेल सडकका रुपमा स्तरोन्नति गर्न ठेक्का समेत लगाईसकिएको उनले बताए । त्यसका लागि २ अर्ब ५० करोड बजेट लागत अनुमान गरिएको छ ।

गत असारमा ४ वटा कम्पनी र असोजमा ३ वटा कम्पनीले सात खण्डकोे काम गर्नेगरि ठेक्का लिएर काम सुरु गरिसकेको सिग्देलले जानकारी दिए । बेनीदेखि जोमसोमसम्मको ७८ किलोमिटर खण्डमा काम गर्ने भनेको चीनियाँ कम्पनी सम्पर्कमा नआएपछि विभागले आफैं काम अघि बढाउने निधो गरेको छ ।

‘चिनियाँ कम्पनीले बनाउने भनेको थियो तर अहिले सम्पर्कमा आएको छैन, त्यसैले अब सडक विभाग आफैंले काम गर्छ’, उप महानिर्देशक सिग्देलले विकासन्युजसँग भने । उनले सो खण्डलाई पनि आगामी दुई बर्षभित्रै डबल लेनको कालोपत्रे सडकका रुपमा स्तरोन्नति गरिनेछ ।

यसरी आगामी तीन बर्षभित्रै बर्षभित्रै काठमाडौंदेखि गल्छी हुँदै रसुवागढीसम्म डबल लेनको पिच सडकमा पुग्न सकिनेछ भने पोखराबाट बेनी–जोमसोमसम्म डबल लेनको कालोपत्रे सडक र त्यहाँबाट डबल लेनको ग्राभेल सडक हुँदै कोरला नाका पुग्न सकिनेछ । यी दुई नाकाको स्तरोन्नतिसँगै नेपाल–चीन व्यापारमा नयाँ अध्ययाय थपिनुका साथै भारत माथीको निर्भरतामा पनि कमि आउनेछ ।

Share News