बलेफी हाइड्रोको सीईओमा सुवास अर्याल नियुक्त

<p>काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास अर्याल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले अर्याललाई सीईओमा नियुक्त गरेको हो । यसअघि सीईओ रहेका राजन धितालले राजीनामा दिएपछि अर्याल सीईओमा नियुक्त भएका हुन् । धितालले दिएको राजनीमा सञ्चालक समितिले स्वीकृत गरेको कम्पनी सचिव साकार पोखरेलले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास अर्याल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले अर्याललाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि सीईओ रहेका राजन धितालले राजीनामा दिएपछि अर्याल सीईओमा नियुक्त भएका हुन् । धितालले दिएको राजनीमा सञ्चालक समितिले स्वीकृत गरेको कम्पनी सचिव साकार पोखरेलले जानकारी दिए ।

महाप्रबन्धक अर्याललाई अर्काे व्यवस्था नभएसम्मका लागि सीईओमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Share News