काठमाडौं, २६ मंसिर । देव विकास बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । मंसिर २४ गते बसेको कम्पनीको १९२औँ बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निणर्यलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ ।