काठमाडौं, २६ मंसिर । घरायसी सामाग्रीको ब्राण्ड गोदरेजले नेपालमा पहिलो पटक छोटुकुल रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ । विश्वस्तरीय डिजाइन तथा सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात ब्राण्ड गोदरेजले नेपाली ग्राहकहरुको आवश्यकता पूरा गर्न बजारमा छोटुकुल भित्र्याएको छ ।
हलुका तौल, जता पनि सजिलै लैजान सकिने, बिजुली नभएको खण्डमा पनि ४ घण्टा सम्म खाने कुरा चिसो र ताजा बनाई राख्ने छोटुकुल रेफ्रिजेरेटरको विशेषता हो । कम्पनीका अनुसार यसको अर्को विशेषता भनेको यसलाई डिसी सपलाईबाट पनि चलाउन सकिन्छ । यस्तो उत्पादनको प्रयोगले ग्राहकको मन अझ बढी सन्तुष्ट हुने कम्पनीको दावी छ । दुई वटा मोडलहरुमा उपलब्ध यस छोटुकुल बजारमा बिक्री भइरहेकोे छ ।
नेपालका लागि सिजी चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.लीले यसको विक्री वितरण गर्दै आएको छ ।