हर्नेसिङ इन्मेष्टमेन्ट अपरचुनिटिज इन नेपाल नाराका साथ फागुन १९ र २० मा अनतराष्ट्रिय लगानी सम्मेलन हुदै

<p>काठमाडौं, २४ मंसिर । काठमाडौँमा फागुन १९ र २० गते अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन लगानी सम्मेलन हुन लागेको हो । सम्मेलनको नारा हर्नेसिङ इन्मेष्टमेन्ट अपरचुनिटिज इन नेपाल रहने उद्योग मन्त्रालयले जनाएको छ । सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा शुत्रबार [&hellip;]</p>

काठमाडौं, २४ मंसिर । काठमाडौँमा फागुन १९ र २० गते अन्तराष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन लगानी सम्मेलन हुन लागेको हो । सम्मेलनको नारा हर्नेसिङ इन्मेष्टमेन्ट अपरचुनिटिज इन नेपाल रहने उद्योग मन्त्रालयले जनाएको छ ।investment

सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा शुत्रबार बसेको बैठकले काठमाडौंमा मुलुकका विभिन्न क्षेत्र गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा दुई दिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको हो ।

मन्त्री जोशीले राजनीतिक प्रतिवद्धतासहित प्रशासनिक तथा कानुनी संरचनाका बारेमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वास दिलाउनका लागि सम्मेलनको तयारी गरिएको बताए ।
मुलुकमा दीर्घकालिन आर्थिक समृद्धि र त्यसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक भएको बताउँदै उनले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई लगानीको सुरक्षा हुन्छ भन्ने सन्देश दिन खोजिएको बताउए ।

उद्योगमन्त्री जोशीले भने, “लगानी सम्मेलनमा सबै राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय समुदायलाई लगानी सुरक्षामा प्रतिवद्धता जनाउनेछन्, त्यसले अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बन्छ ।”

उनले सन् २०३० सम्म नेपालको आर्थिक अवस्थाको मोडालिटी तयार हुने र सम्मेलन अगाडि वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनी संरचना तयार गरिसकिने मन्त्री जोशीले स्पष्ट पारे ।

सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तिय क्षेत्र, खानी तथा खनीज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने छ । उक्त सम्मेलनमा नेपालमा लगानी गर्दै आएका उन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिदैछ । सम्मेलनमा ३०० जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहमाभागी रहने सरकारले अपेक्षा गरेकोे छ ।

Share News