भूकम्प पीडितलाई आइएसएमटी कलेजले ५ लाख रुपैयाँ सहयोग गर्ने

<p>काठमाडौं । भूकम्प पीडितलाई आइएसएमटी कलेजले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । कलेजले शुक्रबार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निणर्य गरेको हो । कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निणर्य गरेको जनाएको छ । साथै, कलेजले उक्त भूकम्पमा [&hellip;]</p>

काठमाडौं । भूकम्प पीडितलाई आइएसएमटी कलेजले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

कलेजले शुक्रबार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निणर्य गरेको हो ।

कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराइने निणर्य गरेको जनाएको छ ।

साथै, कलेजले उक्त भूकम्पमा परी मृत्यु भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । ‘भूकम्पबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को यस दुःखद घडीमा खोज, उद्धार उपचार तथा राहतका लागि सरकार तथा सबै व्यक्ति तथा संस्थाहरुसमक्ष हार्दिक आग्रह गर्दछ’, कलेजको जारी विज्ञप्तीमा भनिएको छ ।

बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेज काठमाडौं, चितवन, पोखरा, बुटवल र बिराटनगरमा सञ्चालित रहेको जनाएको छ ।

Share News