भूकम्पले क्षति भएको राष्ट्र बैंकको भवनमा बहुमुल्य बस्तुहरु प्रयोगविहिन

<p>काठमाडौं, २३ मंसिर । राष्ट्र बैंकको भूकम्पका कारण पूर्ण रुपमा क्षति भएका भवनहरु रहेका बहुमूल्य बस्तुहरू प्रयोगविहिन भएका छन् ।  राष्ट्र बैंकको पूरानो केन्द्रिय भवन रहेको स्थानमा करिव ८० वर्ष पूराना सामग्रीहरु रहेका छन् । राष्ट्र बैंकको पूरानो तर मुख्यालय भएको भवनमा मात्र ४ करोड बराबरको सम्पत्ति त्यसै खेर गइरहेको राष्ट्र बैंकका कर्मचारीहरु बताउँछन् । उनीहरुका अनुसार करिव [&hellip;]</p>

काठमाडौं, २३ मंसिर । राष्ट्र बैंकको भूकम्पका कारण पूर्ण रुपमा क्षति भएका भवनहरु रहेका बहुमूल्य बस्तुहरू प्रयोगविहिन भएका छन् ।  राष्ट्र बैंकको पूरानो केन्द्रिय भवन रहेको स्थानमा करिव ८० वर्ष पूराना सामग्रीहरु रहेका छन् । राष्ट्र बैंकको पूरानो तर मुख्यालय भएको भवनमा मात्र ४ करोड बराबरको सम्पत्ति त्यसै खेर गइरहेको राष्ट्र बैंकका कर्मचारीहरु बताउँछन् ।

उनीहरुका अनुसार करिव ८०  वर्ष पुरानो सो भवनमा वेलायतबाट ल्याइएका फलामहरु प्रयोग भएको छ भने अग्राखका काठहरु प्रयोग गरिएको छ । अहिले अग्राखको काठ प्रतिक्वीफिट ५४ सयदेखि ५७ सय सम्म पर्दछ ।

nrb‘केन्द्रिय बैैंकमा कति क्वीफिट काठ प्रयोग भएको छ भन्नेबारे अझै यकिन हुन नसकेको राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष बसन्तराज पाण्डे बताउँछन् । उनका अनुसार भवन राणकालीन समयमा बनेको हुनाले बहुमुल्य सामग्रीहरुको प्रयोग गरी बनाइएको छ ।

नेपालको कलाहरुका ढोका र झ्यालहरुमा पोखिएका छन् भने त्यहाँ प्रयोग भएको फलालमहरु समेत वेलायतबाट मगाइएका थिए ।  यो कति बहुमुल्य होला हाम्रो कल्पना भन्दा बाहिरको हो ,पाण्डेले भने-‘हामीले व्यवस्थापन पक्षलाई लिलामी गर भनेर पटक पटक भनीरहेका छौ तर व्यवस्थापनले सुनको छैन, काठहरु त्यसै कुहिएर गएका छन् पछि त कवाडीको भाउमा पनि विक्रि हुदैन ।’

उनका अनुसार राष्ट्र बैंकले भवन भत्काएर पुराना सामग्रीहरु लिलामी गरेमा मात्र पनि ४ करोड भन्दा बढी रकम आउँछ । त्यस्तै राष्ट्र बैंकको मुद्रण विभाग अन्तर्गत टक्सार महाशाखामा रहेको सामग्रीहरु पनि लिलामी नगरी राष्ट्र बैंकले त्यसै राखेको छ ।

टक्सार महाशाखामा पनि वेलायत जर्मनबाट ल्याइएका सिक्का छाप्नको लागि प्रयोग हुने मेसिनहरु त्यसै अलपत्र छ भने ८० हजार किलो सिक्का छाप्नका लागि ल्याइएको आल्मुनियम पनि अलपत्र परेको छ ।

व्यवस्थापनले लिलामी नगरेका कारण ति सामग्रीहरु करिव २०४० साल यता त्यत्तिकै बसिरहेका छन् । राष्ट्र बैंकले नेपालमा नै सिक्का छाप्न भनी ल्याइएको सो परिणामको आल्मुनियम अहिले त्यत्तिकै खेर गइरहेको छ ।

राष्ट्र बैंकले विदेशमा सिक्का छाप्न थालेपछि ति मेसिनहरु त्यत्तिकै बसेको हो । कतिपय चलीरहेका छन् तर कतिपय नचल्ने अवस्थामा छन्,तिनिहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषय गम्भीर भएको राष्ट्र बैकको तर्क छ ।

यसलाई लिलामी गर्न खोज्दा पनि लिलामी नहुने रहेछ ,‘अहिले आल्मुनियमका उद्योगधन्दाहरु नरहेकोले आल्मुनियम विक्रि हुन छोडेको छ, तर त्यसलाई टुक्र्याएर वेच्ने हो भने आल्मुनीयमका भाडाकुडा बनाउनेहरुले प्रयोगमा ल्याउछन् तर त्यसतर्फ व्यवस्थापन पक्षले चासो दिएको छैन’, पाण्डेले भने ।

टक्सार महाशाखामा भने ठूला ठूला सिक्का छाप्ने मेसिनहरु रहेको छ । जुन एकवटा मेसिनको तौल नै एक मेट्रिक टन हुन्छ । टक्सार महाशाखाका प्रमूख उद्धवलाल रन्जितकारका अहिले प्रयोगमा नआएका सामग्रीहरु राष्ट्र बैंकको लीलामी महाशाखाले हेर्ने र सोही शाखाले विज्ञहरुको टोली खटाएर मुल्यांकन गरी लिलामी गर्ने बताए ।

उनका अनुसार सिक्का छाप्ने मेसिनहरु विभिन्न देशबाट ल्याएको र त्यही जडान गरिएको हुनाले त्यो सामग्रीको कसरी व्यवस्थापन गर्ने भन्ने विषय ठूलो भइरहेको छ ।

Share News