काठमाडौं, २२ मंसिर । चन्द्रागिरी केबलकारको उद्घाटन मंसिर ३० गते गरिने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेड श्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दहालले चन्द्रागिरी केबलकारको उद्घाटन गर्नेछन् ।
हालसम्म चन्द्रागिरी केबलकारमा ४ अर्बको लगानी भैसकेको छ भने होटल लगायतका थप पुर्वाधार अझै निर्माण भैरहेका छन् ।
राजधानी नजिकैको नयाँ पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न लागिएको चन्द्रागिरी समुन्द्र सतहबाट २५५० मिटरको उचाईमा रहेको छ । यसमा आइएमई ग्रुप र भाटभटेनी समुहको लगानी रहेको छ ।