काठमाडौं २२, मंसिर । विश्वका विभिन्न ७५ वटा मुलुकलाई उछिन्दै नेपालले आगामी बैशाखबाट पर्वतीय कलेल संचालन गर्ने भएको छ । कलेज संचालन गर्न त्रिभुवन विश्वविद्यायलबाट अन्तिम स्वीकृती लिने काम भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आफ्नो कार्यक्रममा पारेको यो कलेज संचालन कार्यलाई तत्काल अगाडि बढाउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिएको छ ।
कलेल पर्यटन मन्त्रालय अन्तर्गतको राष्ट्रिय पर्वतीय पर्यटन प्रतिष्ठानले संचालन गर्ने भएको छ । ‘कलेज मन्त्रालय मातहतको हुने भएपनि संचालनको जिम्मा भने हामीले नै गर्ने छौं’, प्रतिष्ठानकी अध्यक्ष लाक्पाफूटी शेर्पाले भनिन् ।
उनका अनुसार त्रिभुवन विश्वविद्यालय (टीयु)ले स्वीकृति दिने अन्तिम तयारीमा रहेको छ । नेपालमा संचालन हुने यस्तो पर्वतीय कलेज विश्वका युरोपेली तथा अमेरीकी मुलुकका विभिन्न ७५ देशमध्ये नेपालमा नै पहिलोपटक हुने पनि शेर्पाको दाबी छ । विश्वका अन्य मुलुकले तालिम र विभिन्न तहमा दिने प्रशिक्षण मात्रैमा सिमित हुने यस्तो पर्वतीय शिक्षा नेपालले भने कलेज संचालन गरेरै दिने उनले जानकारी दिइन् । 
८ हजार मिटर माथिको हिमाल मात्रै नेपालमा १३ वटा रहेका छन् भने सानाठूला गरी १३ सय वटा हिमाल छन् । नेपाल हिमालै हिमालको देश भएर पनि हामीले दिने पर्वतीय शिक्षामा भने पछाडि परेकोले पनि अब कलेज संचालन गर्न लागिएको हो । कलेज संचालन गर्न सरकारले बार्षिक ३ देखि ४ करोड खर्च गरेर पूर्वाधार बनाउँदैन जाने भएको छ ।
आगामी बैशाखबाट चार वर्षे स्तानक कक्षा संचालको तयारी गरेको प्रतिष्ठानका अनुसार दुइ वर्ष काठमाडौंमा र अर्को दुई वर्ष सोलुखुम्बुमा कक्षा संचालन हुने छ । पर्वतीय प्रशिक्षणको शिक्षा भएको हिमाल आरोहण गर्ने र हिमाली क्षेत्रको व्यवहारिक जानकारी नै यो शिक्षाको पहिलो प्राथमिकता हुने छ ।
रोजगारीको सुश्चित भएको व्यवहारिक शिक्षा
यो शिक्षा लिएपनि कक्षा नसक्दे रोजागरी पाइने सुनिश्चत भएको प्रतिष्ठानको भनाइ छ । चार वर्षे कक्षा सकिएपनि अन्तर्राष्ट्रिय समूदायले दक्ष र विज्ञका रूपमा प्रयोग गर्न सक्छ भने नेपालमै पनि पर्वतीय विज्ञको रूपमा रोजगारी पाइने भएको छ । सरकारी क्षेत्रको अग्रसरतामा संचालन हुने भएकोले रोजगरीमा सरकारले कुनै नै कुनै रूपमा संलग्न गराउने पनि उल्लेख छ । पहिले स्नातक कक्षा संचालन गर्ने र त्यसपछि २ वर्षे स्नातकोत्तर तहको पढाई पनि सुरू गर्ने शेर्पाको भनाइ छ ।
शेर्पाका अनुसार चार वर्षे स्नातक तहको लागि अहिले करीब ६ लाख रुपैयाँ तोकिएको छ । अन्तिम वर्षमा भने करीब ७ हजार मिटरको हिमाल आरोहण गर्ने सम्मको मौका यो विषय पढ्ने विद्यार्थीले पाउने भएका छन् । कलेज संचलन गर्न आवश्यक पूर्वाधार तयार भइरहको पनि उनको भनाइ छ । काठमाडौंको सातादोबाटेमा कलेज संचालन गरिने भएको छ भने सोलुखुम्बुमा भने ३ हजार रोपनीको क्षेत्रफल तय गरिएको छ । जहाँ दुईवटा भवन पनि बनिसकेको छ ।
यो पर्वतीय शिक्षा लिने हिमाल चढ्ने शेर्पा तथा अन्यको लागि मात्रै नभएर पर्वतीय पर्यटमा रुची राख्ने सबैको लािग भएको पनि उनको भनाइ छ । हाललाई स्नातक तहमा ३० जनाको सिट क्षमता तय नै भइसकेको छ । टीयूले स्वीकृति दिएमा आगामी बैशाखबाट कक्षा संचालन गर्न पूर्ण तयारी अवस्थामा रहेको पनि पर्वतीय प्रशिक्षण प्रतिष्ठानको दाबी छ ।