आनमा तिब्र प्रतिष्पर्धा, अध्यक्षका प्रत्यासी काँग्रेस, महासचिवका प्रत्यासी एमाले

<p>२ पुस । नेपाल विज्ञापन संघ(आन)मा रबिन्द्र कुमार रिजाल र सन्तोष श्रेष्ठबिच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ । श्रेष्ठका पक्षमा वर्तमान कार्यसमिती देखिएको छ भने रिजाललाई आनको नेतृत्वसँग असन्तुष्ठ तथा साना व्यवसायीहरुले साथ दिएका छन् । १५ औं बार्षिक साधारण सभाबाट आगामी दुई बर्षे कार्यकालको नेतृत्वका लागि अघि सरेका अध्यक्ष पदका दुबै प्रत्यासी काँग्रेस निकट [&hellip;]</p>

२ पुस । नेपाल विज्ञापन संघ(आन)मा रबिन्द्र कुमार रिजाल र सन्तोष श्रेष्ठबिच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ ।
श्रेष्ठका पक्षमा वर्तमान कार्यसमिती देखिएको छ भने रिजाललाई आनको नेतृत्वसँग असन्तुष्ठ तथा साना व्यवसायीहरुले साथ दिएका छन् । १५ औं बार्षिक साधारण सभाबाट आगामी दुई बर्षे कार्यकालको नेतृत्वका लागि अघि सरेका अध्यक्ष पदका दुबै प्रत्यासी काँग्रेस निकट मानिन्छन् । उता, महासचिवका दुबैं प्रत्यासी भने एमाले निकट हुन् ।aan_shrestha pannel
महासचिवमा उम्मेदवार बनेका रिजाल समुहका किरण गैरे र श्रेष्ठ प्यानलका नारायण कुमार श्रेष्ठ दुबै एमाले समर्थक हुन् । आनमा एमालेको मत खासै धेरै नभएकाले दुबै समुहमा उम्मेदवार बनेर आफ्नो प्रतिनिधित्व सुरक्षित गर्ने एमाले निकट व्यवसायीहरुको रणनीति देखिन्छ । यद्यपी आनको नयाँ नेतृत्वका लागि एमाले समर्थकहरुको मत नै निर्णायक देखिएको छ । ‘हाम्रो विचार समुहको कुल मत एक सय हो, फस्टम्यान लिडरशिपका लागि यो पर्याप्त छैन तर पनि यसपाली हामी नै निर्णायक मत हौं ।’ एमाले समर्थक एक मतदाताले भने ।
एमाले समर्थकहरुका लागि रिजाल भन्दा श्रेष्ठको नेतृत्व सहज हुने आकलन उनीहरुको छ । रिजाल काँग्रेस नेता दिपकुमार उपाध्यायका आफन्त समेत रहेको र उनी कट्टर काँग्रेस भएकाले काम गर्न असहज हुने निष्कर्ष एमाले समर्थकहरुको छ । उनीहरुले अध्यक्षमा सन्तोष श्रेष्ठ प्रति झुकाव राख्न सक्ने पुर्वानुमान गरिएको छ । यद्यपी रिजालका उम्मेदवार किरण गैरेलाई एमाले समर्थकहरुले अलि बढि रुचाउँछन् । त्यसैले पनि गैरेकै कारण रिजालको पल्ला भारी हुने सम्भावनालाई पनि नकार्न सकिन्न ।AAN_list
दुबैं समुहले आ–आफुले जित्ने दावी गरेपनि व्यवसायी भने कतैतिर पनि खुलेका छैनन् । मंगलबार रिजाल समुहले बानेश्वरको बानेश्वर ब्याङक्वेटमा ककटेल पार्टीको आयोजना गरेको थियो । कार्यक्रममा झण्डै एक सय पचास मतदाताले सहभागीता जनाएको दावी रिजाल समुहको छ । उता, बुधबार श्रेष्ठ समुहले बानेश्वरकै अल्फाबिटा कम्प्लेक्समा आयोजना गरेको पार्टीमा पनि त्यतिकै संख्यामा मतदाताहरुको उपस्थिति देखिएको थियो ।‘एउटै मतदाता दुबै समुहको कार्यक्रममा देखिएका छन्, त्यसैले कसको पल्ला भारी हुन्छ भन्न सकिन्न ।’ एक व्यवसायीले भने ।

आनको पुस ३ र ४ गते राजधानीमा हुने १५ औं बार्षिक साधारण सभाले आगामी दुई बर्षे कार्यकालका लागि १२ सदस्यिय नयाँ कार्यसमिती चयन गर्नेछ । आनमा कुल २६३ जना मतदाता रहेका छन् । नेपालको विज्ञापन व्यवसायमा पाँच अर्बको लगानी रहेको अनुमान गरिएको छ ।

 

Share News