अब सबै बैंकको मोबाइल बैंकिङ्गबाट नेपालपेको क्यूआर स्क्यान गर्न सकिने

<p>काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका हुन् । त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपालपे क्यूआर [&hellip;]</p>

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका हुन् ।

त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

नेपालक्यूआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ । नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्कीमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा करिब ४ लाख मर्चेन्टहरु आवद्ध गरिसकेका छन् ।

मर्चेन्ट र व्यवसायीहरुले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले थालनी गरिसकेका छन् ।

Share News