एकैपटक ९ जना संस्थापकले नेशनल माइक्रोफाइनान्स लघुवित्त छाड्दै

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । लघुवित्तका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ६४ हजार ४४२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । संस्थापक सेयरधनी भिम बहादुर कुँवरको नाममा रहेको ७ हजार ३ सय कित्ता, महेन्द्र प्रसाद चुडालको ५ हजार कित्ता, कमल बहादुर बस्नेतको ७ [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । लघुवित्तका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ६४ हजार ४४२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

संस्थापक सेयरधनी भिम बहादुर कुँवरको नाममा रहेको ७ हजार ३ सय कित्ता, महेन्द्र प्रसाद चुडालको ५ हजार कित्ता, कमल बहादुर बस्नेतको ७ हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाको १६ हजार ५११ कित्ता र टठ बहादुर पाण्डेको १ हजार ८३७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

त्यस्तै, डिक बहादुर पाण्डेको ५ हजार कित्ता, तारा देवि गुरुङ्गको ३ हजार ७९४ कित्ता, कृष्ण प्रसाद खरेलको १० हजार कित्ता र तोशिल कुमार दाहालको ८ हजार कित्ता सेयर बिक्री गर्ने लघुवित्तले जनाएको छ ।

लघुवित्तले बिक्री गर्न लागेको सेयरको मूल्य तोकिएको छैन । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा संस्थापकहरुले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्तालाइ बिक्री खुला गरिने लघुवित्तले बताएको छ ।

Share News