क्यासीको उपाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ निर्वाचित

<p>काठमाडौं, २० मंसिर । एशिया प्रशान्त क्षेत्रहरुका उद्योग वाणिज्य समुहको सर्वोच्च छाता संगठन कन्फडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्रि (क्यासी) को ताइवानमा सम्पन्न ३०औं सम्मेलन तथा ५० औं वार्षिकोत्सवबाट आउँदो कार्यकालको लागि पुनः उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्रेष्ठ नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या उद्योग [&hellip;]</p>

pradip_sirकाठमाडौं, २० मंसिर । एशिया प्रशान्त क्षेत्रहरुका उद्योग वाणिज्य समुहको सर्वोच्च छाता संगठन कन्फडेरेशन अफ एशिया प्यासिफिक चेम्बर अफ कर्मश एण्ड इण्डष्ट्रि (क्यासी) को ताइवानमा सम्पन्न ३०औं सम्मेलन तथा ५० औं वार्षिकोत्सवबाट आउँदो कार्यकालको लागि पुनः उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्रेष्ठ नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या उद्योग समूहका प्रबन्ध निर्देशक समेत हुन् । एशिया प्रशान्त क्षेत्रमा आर्थिक समृद्धि, व्यापारिक साझेदारीको अभिवृद्धि गर्ने उद्देश्यले सन १९६६ मा स्थापना भएको क्यासीमा रसिया, कोरिया, जापान, ताइवान, भारत, पाकिस्तान, थाइल्यान्ड, इरान, बङलादेश, हङकङ, अस्ट्रेलिया, मलेशिया, सिंगापुर लगायत २६ राष्ट्रका कुल २८ उद्योग संगठनहरु सदस्य रहेका छन् ।

Share News