
काठमाडौं । नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ताको परीक्षा आगामी मंसिर ९ गते हुने भएको छ । परिषद्ले बिहीबार एक सूचना जारी गर्दै नाम दर्ता परीक्षा वार्षिक कार्य तालिका अनुसार मंसिर ९ गते परीक्षा हुने जनाएको हो ।
परिषद्का अनुसार प्रविणता प्रमाणपत्र तह र बीएस्सी नर्सिङ उत्तिर्ण गरेका विद्यार्थीहरु सो परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षामा सहभागी हुनका लागि असोज २१ गतेदेखि कात्तिक २० गतेसम्म अनलाइनबाट फारम भर्नुपर्ने परिषद्ले सूचनामा उल्लेख गरेको छ । साथै दोब्बर दस्तुर बुझाएर कात्तिकको २१ देखि २३ गतेसम्म फारम भर्न पाइने छ ।
परिषद्का अनुसार परीक्षा दस्तुर तीन हजार एक सय लाग्नेछ भने, दोब्बर दस्तुर छ हजार एक सय लाग्नेछ । सो दस्तुर खल्तीमार्फत् बुझाउनुपर्ने छ । परीक्षामा एक सयवटा प्रश्नहरु सोधिने र उत्तिर्ण हुनको लागि ५० अंक ल्याउनुपर्ने जनाइएको छ ।
