
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ४४.४० प्रतिशत उत्तिर्ण भएका छन् । काउन्सिलका अनुसार असोज १० देखि १२ गतेसम्म भएको उक्त परीक्षामा मेडिकल तर्फ सहभागी भएका १४९१ मध्ये ६६२ जना उत्तिर्ण भएका हुन् ।
त्यस्तै, डेन्टल तर्फको लाइसेन्स परीक्षामा सहभागी भएका ३२० जना मध्ये १७१ अर्थात ५३.४४ प्रतिशत उत्तिर्ण भएका छन् । समग्रमा दुवै विषयमा ४६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलले गत जेठमा लिएको परीक्षामा भने ३८.३९ प्रतिशत मात्रै परीक्षार्थी उत्तिर्ण भएका थिए ।
