२६ सिटे सिटी बस सञ्चालनमा, मोबाइल चार्ज तथा निःशुल्क वाइफाईको सुविधा

<p>भरतपुर, १९ मंसिर । ग्लोबल मेट्रो सिटी बस प्रा.लि. को शुभारम्भ एवं उद्घाटन समारोह सम्पन्न गरिएको छ । नारायणघाट आसपासका क्षेत्रहरुमा सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने उद्देश्यसहित आइतबार भरतपुरको चितवनमा सो समारोह सम्पन्न भएको हो । अबको दिनहरुमा कम्पनीले अत्याधुनिक एवं सुविधा सम्पन्न २६ सिटे टाटा ४०७ सिटी बसहरुलाई उक्त स्थानमा संचालन गर्नेछ । उद्घाटन [&hellip;]</p>

भरतपुर, १९ मंसिर । ग्लोबल मेट्रो सिटी बस प्रा.लि. को शुभारम्भ एवं उद्घाटन समारोह सम्पन्न गरिएको छ । नारायणघाट आसपासका क्षेत्रहरुमा सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने उद्देश्यसहित आइतबार भरतपुरको चितवनमा सो समारोह सम्पन्न भएको हो । अबको दिनहरुमा कम्पनीले अत्याधुनिक एवं सुविधा सम्पन्न २६ सिटे टाटा ४०७ सिटी बसहरुलाई उक्त स्थानमा संचालन गर्नेछ ।

city_bus

उद्घाटन कार्यक्रममा बोल्दै राज्यको नीतिभित्र रही व्यवस्थित यातायात सञ्चालन गर्ने, रोजगारीबाट वञ्चित युवायुवतीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने, सरल र सुलभ रेटमा यात्रुहरुलाई सुविधा प्रदान गर्ने लक्ष्यसहित उक्त बस सेवा सञ्चालनमा ल्याइएको कुरा ग्लोबल मेट्रो सिटी बसका अध्यक्ष बद्रीप्रसाद अधिकारीले जानकारी गराएका छन् ।

सोही अवसरमा सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरीले उक्त नयाँ यातायात व्यवस्थाले यात्रुहरुलाई मात्र नभई स्थानीय पर्यटन क्षेत्रलाई समेत फाइदा पुगी सुन्दर शहर निर्माणमा मद्दत पुग्ने कुरा बताए । उनले टोल र गाउँको मागअनुरुप यातायात सेवा तथा साधनहरु थप गर्दै लैजाने कुरा पनि जानकारी गराएका छन् ।

कम्पनीले सञ्चालन गर्ने २६ सिटे टाटा ४०७ सिटी बसहरुमा यात्रुहरुको सुविधाका लागि दैनिक यातायात प्रयोग गर्ने यात्रुहरुलाई मासिक कार्डको व्यवस्था, सि.सि. क्यामेरा निगरानी, सिटमा मोबाइल चार्ज सुविधा, निःशुल्क वाइफाई र मनोरञ्जन तथा सूचनाका लागि एल.ई.डि. टि.भी. लगायत अन्य विभिन्न व्यवस्था रहेको कुरा वर्तमान प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीले बताएका छन् । साथै भविष्यमा नगरबासीहरुको सल्लाह अनुसार बसको रुटमा थपघट गर्ने कुरा समेत उनले जानकारी गराएका छन् ।

Share News