काठमाडौं, १९ मंसिर । जेबिल्स फाइनान्सले सेयरधनीलाई १२ दशमलब ५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कर प्रयोजनको लागि फाइनान्सले शून्य दशमलब ६५७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय कम्पनीको १२९औँ सञ्चालक समितिको बैठकले गरेको छ । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ ।
साथै, कम्पनीको बैठकले सेयरधनीलाई शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो निर्णयलाई पनि कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।