काठमाडौं । ९ बलमा अर्धशतक हान्दै दिपेन्द्र सिंह ऐरीले विश्व किर्तिमानी कायम गरेका छन् । चीनमा जारी १९औँ एसियाली खेलको बुधबार भएको खेलमा मंगोलियाविरुद्दको खेलमा उनले ९ बलमा ५० रन पुरा गरेका हुन् ।
ऐरीले १० बलमा ८ छक्काको मद्दतमा अविजित ५२ रन बनाए । ऐरी टी–२० मा सर्वाधिक छिटो अर्धशतक बनाउने ब्याटर बनेका छन् । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उनले विश्वकिर्तिमानी कायम गरेका छन् ।
नेपालले मंगोलिया विरुद्द २ सय ७३ रनको कीर्तिमानी जित निकालेको छ । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो विश्वकीर्तिमानी जित हो । नेपालले ३१५ रनको लक्ष्य दिएको थियो ।
कुशल मल्लले पनि विश्वकिर्तिमानी गरेका छन् । ५० बलको सामना गरेका उनले १२ छक्का र ८ चौकाको मद्दतमा अविजित १३७ रन बनाए । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा छिटो शतक बनाउने ब्याटर बनेका हुन् ।
यस्तै, कप्तान रोहित पौडेलले २७ बलमा ६ छक्का र २ चौकाको मद्दतमा ६१ रनको इनिङ खेले । यस्तै, मंगोलियाविरुद्ध ओपनरद्वय कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन जोडे ।