श्रमिकहरु लगानीका बिरोधी होइनन्: जिफन्ट

<p>काठमाडौ, १७ मंसिर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रिन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आम श्रमिकलाई आव्हान गरेको छ । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको भन्दै श्रमिकबिरोधी कानुनको विरोधमा एकजुट हुन आव्हान गरेका [&hellip;]</p>

lagani-news-photo

काठमाडौ, १७ मंसिर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले का अध्यक्ष विष्णु रिमालले श्रमिकबिरोधी कानुन र देश विखण्डन गर्न खोज्नेहरुको बिरोधमा उत्रिन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आम श्रमिकलाई आव्हान गरेको छ । जिफन्ट आबद्ध सदस्यहरुको केन्द्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष विष्णु रिमालले श्रमिकहरु लगानीको बिरोधी नरहेको भन्दै श्रमिकबिरोधी कानुनको विरोधमा एकजुट हुन आव्हान गरेका हुन् ।

उनले मजदुरलाई झुक्याएर चोर बाटोबाट ल्याईएको औद्योगिक व्यवसाय ऐनमा ‘नो वर्क नो पे’ चिन्ताको विषय बनेको बताए । रिमालले भने– ‘काम नगरी तलब लिने कोही श्रमिकहरु छैनन् । हामी लगानीको बिरोधी होईनौं । तर ‘नो वर्क नो पे’ यतिबेला छलफल र चिन्ताको विषय बनेको छ । नो वर्क नो पे भनेको श्रम गर्ने श्रमिकको अपमान हो– उनले भने ।

कारखाना बन्द भयो भने श्रमिकले तलब नलगिदिउन् भन्ने गलत मनसाय राखेर अगाडि बढेको भन्दै रिमालले व्यवसायीले मजदुरले काम नगरी तलब लिन्छन् भन्नु गलत हल्ला भएको बताए । उनले भने–‘हामी हड्ताल, झगडा अथवा सल्लाह बिधि भित्रै रहेर गर्न चाहन्छौं । श्रमले महत्व दिएको विषय व्यवस्थापिका संसदले चाँडो पास गरोस् ।’

Share News