एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालेका विशाल उप्रेतीको राजिनामा स्वीकृत भएसँगै पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी पाएका हुन् । पौडेल यसअघि संस्थाको [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हालेका विशाल उप्रेतीको राजिनामा स्वीकृत भएसँगै पौडेलले संस्थाको कम्पनी सचिव पदको जिम्मेवारी पाएका हुन् । पौडेल यसअघि संस्थाको प्रमुख रणनीति अधिकृतको रुपमा कार्यरत थिए ।

Share News