काठमाडौं, १७ मंसिर । काष्ठमण्डप डेभलपमेन्ट बैंकको २४ दशमलब ६ प्रतिशत प्रस्तावित लाभांशलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । राष्ट्र बैंकले २३ दशमलब ३७ प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलब २३ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने कम्पनीको प्रस्तावलाई स्वीकृति दिएको छ ।
उक्त राष्ट्र बैंकको स्वीकृतिलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी ६७ करोड ९९ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ८३ करोड ८८ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको प्रतिकित्ता सेयर ५०० रुपैयाँमा कारोबार भएको छ ।