एप्पलले अागामी सेप्टेम्वरमा नयाँ आईफोनका ८ सार्वजनिक गर्ने, तयार पार्यो नयाँ ढाँचा

<p>वासिङ्टन। एप्पलले आगामी वर्ष १० औं वार्षिकोत्सवका अवसरमा उसको नयाँ प्रडक्टका रुपमा अाइफोन ८  ल्याउने भएको छ। सो आईफोनका लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ। अागामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको सो अाइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने रहेको कम्पनीले जनाएको छ। अमेरिको पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीको योजनामा रहेका ढाँचामध्ये कर्भड [&hellip;]</p>

वासिङ्टन। एप्पलले आगामी वर्ष १० औं वार्षिकोत्सवका अवसरमा उसको नयाँ प्रडक्टका रुपमा अाइफोन ८  ल्याउने भएको छ। सो आईफोनका लागि १० भन्दा बढी ढाँचा तयार पारेको कम्पनीले जनाएको छ। अागामी सेप्टेम्बरमा सार्वजनिक हुने भनिएको सो अाइफोन फ्लेक्जिवल सहित स्क्रिन बङ्ग्याउन मिल्ने रहेको कम्पनीले जनाएको छ।

iphone-8-flexible-display

अमेरिको पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार कम्पनीको योजनामा रहेका ढाँचामध्ये कर्भड स्क्रिन पनि छ । एप्पलका वितरकले राम्रो रिजोलुसनसहितको पातलो स्क्रिनको आईफोन ल्याउन आग्रह गर्दै आएका छन्।

यो विशेषता सामसङको ग्यालेक्सी एजमा पनि रहेको जर्नलले जानकारी दिएको छ । उच्च कोटीको स्मार्टफोन बजारमा हाल एप्पलसँग सामसङको मात्रै प्रतिस्पर्धा रहँदै आएको छ। भर्खरैमात्र सामसुङको ग्यालेक्सी एस सेभनमा समस्या भएपछि एप्पलको अाइफोन ७ ले धेरै फाइदाका साथ स्मार्टफोनको विश्वबजार कब्जा गरिहरेको छ।

Share News