डोनाल्ड ट्रम्पले अब व्यावासाय नगर्ने, भने ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ मा रहन्न

<p>अमेरिका। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  व्यवसायबाट आफू अलग रहने बताएका छन्। व्यवसाय र सरकार चलाउनमा स्वार्थ्य वाझिने भएका कारण व्याव‍सायवाट अलग हुने घोषणा गरेका छन्। ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गरेका हुन्। उनले ट्विट गरेका छन्- ’डिसेम्बर १५ का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार [&hellip;]</p>

अमेरिका। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  व्यवसायबाट आफू अलग रहने बताएका छन्। व्यवसाय र सरकार चलाउनमा स्वार्थ्य वाझिने भएका कारण व्याव‍सायवाट अलग हुने घोषणा गरेका छन्। ट्वीटरमार्फत् उनले आगामी महिना आफ्नो परिवार कुनै व्यापार व्यवसायमा संलग्न नरहने घोषणा गरेका हुन्।
donald_trump
उनले ट्विट गरेका छन्- ’डिसेम्बर १५ का दिन म न्यूयोर्कमा मेरा बच्चाहरु सहित ठूलो पत्रकार सम्मेलन गर्नेछु र मेरो राम्रो व्यवसाय सम्पूर्ण रुपमा छोड्नेछु ता कि देश सञ्चालनमा म केन्द्रित रहन सकुँ।’

उनले आफ्नो व्यवसाय छोड्नु पर्ने कुनै कानुनी व्यवस्था नभएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक हुने ठानेर छोड्न लागेको स्पष्ट पारेका छन्। केहीगरी स्वार्थ बाझिएमा दुवैतर्फ अफ्ट्यारो पर्ने भएकाले व्यवसायबाट अलग हुने निर्णयमा पुगेको उनले उल्लेख गरेका छन्।

Share News