सेरेस मिनी इभीको स्पेसिफिकेसन सार्वजनिक

<p>काठमाडौं ।  नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस मिनी इभी प्रस्तुत गरेको छ। सेरेसको बारेमा कम्पनीका अनुसार २०२३ को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त सेरेस विद्युतीय सवारीमा मात्र नभई विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेको इलेक्ट्रिक सवारीको लागि निर्माण साझेदारको रूपमा पनि सेवा प्रदान [&hellip;]</p>

काठमाडौं ।  नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा एमएडब्लु वृद्धि अटोकर्पले सेरेस मिनी इभी प्रस्तुत गरेको छ।

सेरेसको बारेमा

कम्पनीका अनुसार २०२३ को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त सेरेस विद्युतीय सवारीमा मात्र नभई विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेको इलेक्ट्रिक सवारीको लागि निर्माण साझेदारको रूपमा पनि सेवा प्रदान गर्दछ।

सेरेसले २१ युरोपेली राष्ट्रहरूमा बलियो उपस्थितिको साथ आफूलाई चीन भन्दा बाहिर पनि राम्रो छाप छोड्न सफल भएको छ। सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ भने ७१ औं राष्ट्रका रुपमा नेपालमा प्रवेश गर्ने भएको छ।

इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालीन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रविधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई सञ्चालन गर्दै आएको छ। सेरेसको प्रभावशाली लाइन–अपमा सेरेस ५, सेरेस ई–१, र अब सेरेस ३ पनि समावेश छ।

एमएडब्लु वृद्धि अटोकर्पको बारेमा

१९६४ मा स्थापित, एमएडब्ल्यु ग्रुप नेपालको दोस्रो ठूलो आटोमोटिभ समूह हो, जसले स्कोडा, जीप, जेसीबी, यामाहा, चांगन र फोटोनका ब्राण्डहरूको प्रतिनिधित्व गर्दछ।

आफ्नो उल्लेखनीय ५९ वर्षको यात्रामा, कम्पनीले १,००० भन्दा बढी कर्मचारीहरूको कार्यबलद्वारा नेपालभर  ३५३ भन्दा बढी बिक्री र सर्विसहरूसँग आफ्नो स्थान विस्तार गर्दै आइरहेको छ। एमएडब्ल्यु ग्रुपको विशाल अनुभव र प्रतिबद्धताका कारण नेपाली उपभोक्ताहरूले विश्वस्तरीय सवारी साधन र सेवाहरु प्राप्त गर्दै आइरहेको कम्पनीको भनाई छ।

मिनी इभीको मुख्य हाइलाइटहरू

सेरेसले बनाएको मिनी इभी विशेष डिजाइन प्रयोग गरी बनाइएको हो जुन विद्युतीय स्केटबोर्ड जस्तै छ। यो डिजाइनले मिनी इभीलाई प्रशस्त र स्मार्ट इन्टेरियर बनाउन खोजिएको छ।

प्रयोगकर्ताहरुलाई सुरक्षित राख्न १७ बलियो प्यानलहरू जडान गरिएको छ र यसका साथसाथै ३९ कठिन परीक्षणहरू पार गरी गाडी र ब्याट्री दुवै साँच्चै सुरक्षित छन् भनी सुनिश्चित गर्दछ। यस मिनी इभिमा १६.८ र १३.८ केडब्लुएच ली–आयन ब्याट्री विकल्पहरू पाउनुका साथसाथै गाडीले १८० किमी देखि २२० किमीको रेन्ज प्रदान गर्दछ।

गाडीमा जडान गरिएको वाएरलेस एंडरोइड अटो र एप्पल कारप्ले ले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ। गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि २ वटा ड्राइभ मोड प्रदान गरेको छ र रिजेनेरेटिभ ब्रेकिङ्गको पनि व्यवस्था छ।

थप सुविधाको निम्ति यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस : ईबिडी, हिल स्टपरस्टार्ट, अटो होल्ड, पार्किङ्ग ब्रेक, सिट बेल्ट, पार्किङ्ग केमेरा र सेन्सर, टिपीएमएस तथा आईएसओएफआईएक्स चाइल्ड सिटका साथसाथै ८.८ इन्च को टच स्क्रिन इन्फोटेंमेन्ट सिस्टम को राम्रो व्यवस्था गरिएको छ।

क्लेभर डिजाइन

यस मिनी इभी प्रशस्त र स्मार्ट इन्टीरियर बनाउनमा ध्यान केन्द्रित गरी इलेक्ट्रिक स्केटबोर्ड फ्रेमवर्कमा बनाइएको छ। मिनी इभीले अतिरिक्त लेगरूम र हेडरूमको साथ आरामदायी फराकिलो अनुभव प्रदान गर्दछ। घुमाउरो बडी डिजाइनले यसको बाहिरी भागमा एरोडायनामिक र स्टाइलिश उपस्थिति दिन्छ भने रियर-भ्यू मिररहरू फ्लोटिंग ढाँचाको साथ उत्क्रिस्ट देखिन्छन्।

मिनी ईभीमा आरामदायी र फराकिलो इन्टेरियरका साथै चार जनाका लागि सिट छ, र पछाडिको सिटहरू ५०स्५० अनुपातमा एडजस्ट गर्न सकिनुका साथसाथै आवश्यक भएमा थप फराकिलो बनाउन सकिन्छ। यस मिनी ईभीमा शहरी ड्राइभिङ अनुभवलाई रमाइलो बनाउन स्मार्ट प्रविधिले भरिएको छ। स्टेयरिङ ह्वील फंक्शनहरूले भरिपूर्ण छ र यसमा भएको यूनिक डिजाइन र  फ्युचरिस्टिक कन्ट्रोलहरूले कारलाई थप प्रविधियुक्त बनाउँछ।

क्लेभर टेक्नोलोजी

यस मिनी ईभीमा ८.८ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ जसमा प्रयोगकर्ताहरुले एप्पल कारप्ले तथा एण्डरोइड अटो प्रयोग गर्न सकिनेछ। यो सँगसँगै यस गाडीमा ७ इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ जसमा गाडीको थप विवरणहरु देखाउने गर्दछ जसले प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ। यस मिनी इभीको अर्को विशेषता भनेको स्मार्ट-कि पनि हो।

क्लेभर सेभिङ

सहरी यात्रुहरूको लागि बचत साँच्चै महत्त्वपूर्ण हुने गर्दछ। सोही कुरालाई मध्यनजरमा राखेर सेरेस मिनी इभीले प्रति १००० किलोमिटर रु. १००० को चार्जिङ्ग लागत प्रदान गर्दछ।

क्लेभर सेफ्टि

मिनी इभी बाहिरी वा भित्री दुवै पक्षमा सुरक्षित र बलियो गाडी हो। यो गाडी १६.८ र १३.८ केडब्लुएच लीआयन ब्याट्री विकल्पहरूसँग संचालित हुन्छ जसले लामो साइकल जीवनको लागि ३९ ब्याट्रीहरू जडान गरिएको हुन्छ।

थप सुविधाको निम्ति यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस : ईबिडी, हिल स्टपरस्टार्ट, अटो होल्ड, पार्किङ्ग ब्रेक, सिट बेल्ट, पार्किङ्ग केमेरा र सेन्सर, टिपीएमएस तथा केडब्लुएच चाइल्ड सिटको पनि व्यवस्था गरिएको छ।

नेपालमा सेरेस मिनी इभीको लन्चसँगै नेपाली ग्राहकहरुले एउटा उत्कृस्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेमा एमएडब्लु ग्रुप विश्वस्त छ।

Share News