बजारमा नुन अभाव हल्ला मात्र, हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह

<p>पोखरा, १५ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर शेरचनले बताए । उनले हल्लाकापछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् । “हाम्रो गोदाममा करिब २० हजार क्विन्टल नुन भण्डारण गरिएको छ,” उनले भने । [&hellip;]</p>

पोखरा, १५ मंसिर । साल्ट ट्रेडिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर शेरचनले बताए । उनले हल्लाकापछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

salt

गोदाममा रहेको नुन

“हाम्रो गोदाममा करिब २० हजार क्विन्टल नुन भण्डारण गरिएको छ,” उनले भने । पोखरा कार्यालयमार्फत गण्डकी अञ्चलभित्र बर्सेनि करिब ६५ हजार क्विन्टल नुन बिक्री वितरण हुँदै आएको छ । रासस

Share News