सुनको मूल्य बढेर प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुग्यो

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख १२ हजार [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला  एक लाख १२ हजार चार सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Share News